November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट हुने

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ । निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले चुनावको मिति घोषणा गर्न लागेको हो ।

आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।  चुनावको सन्दर्भमा यसअघि नै गठबन्धनमा पनि सहमति भइसकेको छ ।

सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । 

Advertisement