November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मन्त्रिपरिषद बैठक : स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने भएको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषदको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार, २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ ।

Advertisement

यसअघि निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्न सुझाएका थिए ।