November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

क्रान्तिका सहयात्री एकैठाउँमा हुनुको विकल्प छैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एकैठाउँमा हुनुको कुनै विकल्प नभएको बताएका छन्। 

प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको बताए। 

प्रचण्डले भने, ‘माओवादीलाई देशभित्रका र देश बाहिरका प्रतिक्रियावादीहर” कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्।  हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’ 

Advertisement

अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एकैठाउँमा केन्द्रित हुँदै गएको बताए। 

‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं। हामीलाई कसैले परास्त गर्न सक्दैन’ प्रचण्डको भनाइ छ।