November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

केपी ओली र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी ओली र कांग्रेस नेता शेखर कोइरालाबीच मंगलबार साँझ भेटवार्ता भएको छ । नेता कोइराला प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । कोइरालाले साँझ ओलीसँग भेटवार्ता गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

भेटमा ओली र कोइरालाबीच अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेससन (एमसीसी) सम्झौता र प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको थपलियाले बताए ।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालासँग सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भने छलफल गरेका छैनन् । ओलीले आइतबारमात्रै प्रधानमन्त्री देउवालाई भेटेका थिए । ओलीसँगको छलफलपछि प्रधानमन्त्री देउवाले सोमबार मन्त्रिपरिषद् बैठकबाट सत्ता गठबन्धनको सहमतिविपरीत स्थानीय तह निर्वाचनको मिति तोकेका थिए ।

Advertisement

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेको छ ।