November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमालेले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएको हुँदा त्यो मितिमा बैठक नराख्न भनेको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाका सचिव र महासचिवलाई यसबारे जानकारी गराएको बतए ।

पार्टीले कारबाही गरेका १४ सांसदको सूचना नटाँसेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ । बैठक चलाउन १४ सांसदलाई कारबाही सूचना टाँस्नु पर्ने वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

Advertisement