काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ८ बजे सुरु भएकाे बैठकमा एमसीसीबारे छलफल भएकाे स्रोतले बताएको छ ।
स्रोतका अनुसार तीन नेताबीचको आजको छलफलबाट समाधान पहिल्याएर भोलि बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने देउवाको तयारी रहेको छ ।
पछिल्लो समय एमसीसीलाई संसदबाट पारित गराउन प्रधानमन्त्री देउवाले जोड दिंदै आएका छन भने माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एस अध्यक्ष नेपाल भने आवश्यक संशोधन नगरी पारित नगर्ने अडानमा कायम छन ।