November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

प्रतिनिधि सभाको आजको बैठक सुरू, एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ । बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका छन् ।

सभामुख अग्नि सापकोटाले उनीहरूलाई अवरोध गरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका छन् । तर, एमाले सांसदहरूले भने नाराबाजी जारी राखेका छन् ।

सभामुख सापकोटाले एमाले सांसदको नाराबाजीबीच कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिएका छन् ।

Advertisement

कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरेका छन् । त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन् । शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए ।