काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । नेपालमा २००७ फागुन ७ गते अर्थात् आजकै दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा हरेक बर्ष प्रजातन्त्र दिवस मनाइदै आइएको छ ।
विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदान दिएका थिए ।
प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहलाई मृत्युदण्ड दिइएको थियो ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका शीर्ष नेताहरुले शुभकामना ब्यक्त गरेका छन ।