November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि एमाले छलफलमा जुटेको हो ।

आज सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको छ । संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् ।

अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु उपस्थित रहेका छन् ।

Advertisement