November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सञ्चारमन्त्री कार्कीको सुरक्षा थपियो

काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । आइतबारको संसद बैठकमा सञ्चारमन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेसंगै उनको सुरक्षा बढाइएको हो ।

सञ्चार मन्त्री कार्कीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Advertisement

सञ्चारमन्त्री कार्कीको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो ।