November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

युक्रेनको मेट्रो स्टेसनमा लुकिरहेका नेपालीहरुद्धारा उद्धारको याचना

२०७८ फाल्गुन १३

काठमाडौं । युक्रेनको मेट्रो स्टेसनमा लुकिरहेका नेपालीहरुले उद्धारका लागि याचना गरेका छन् । युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्व–उत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस अध्यनरत नेपालीसहितका विद्यार्थी नजिकै मेट्रो स्टेसनको लबीमा लुकेर बसिरहेका छन् ।

युरोपको युक्रेन र छिमेकी राष्ट्र रुसबीच चर्किएको द्वन्द्वमाझ युक्रेनमा रहेका नेपालीको उद्धार समन्वयमा नेपाल सरकारले वक्तव्यबाजीबाहेक अरु उपाय अपनाउन सकेको छैन ।

केही आपत परेमा जर्मनी वा रुसस्थित नेपाली दूतावासको सम्पर्क नम्बरमा खबर गर्नु’ भनिए पनि खबर गर्दा दूतावासका अधिकारीले ‘जोगिएर बस्नु, घर बाहिर ननिस्कनू’ मात्रै भनिरहेकोमा आपतमा परेका विद्यार्थीले रोष समेत जनाएका छन् ।

Advertisement

युक्रेनमा हरेक घण्टामा स्थिति तनावग्रस्त बन्दै गएको र भागेर जाने ठाउँ पनि नभएको विद्यार्थीहरुको भनाइ छ । कहीँ कतै सम्पर्क गर्ने सहज अवस्था नभएको हुँदा नेपाल सरकारले तत्काल उद्धार समन्वय गरिदियोस् भन्ने चाहाना राखेको उनिहरु बताउछन् ।

एक विद्यार्थीका अनुसार हतास मनस्थितिमा कोही विद्यार्थी युनिभर्सिटीमै र कोही भने मेट्रोको लबीमा रहेका छन् । फोन चार्ज गर्ने, सम्पर्क गर्ने वा खानपिनको जोहो गर्ने अवस्थामा समेत कठिनाइ बन्दै गएको छ ।