November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

एमसीसी यथास्थितिमा संसदबाट पारित नहुने झलनाथ खनालको दावी

२०७८ फाल्गुन १४

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताएका छन् । शनिबार माओवादी केन्द्रका शिर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार छोड्ने विषयमा पार्टी भित्र कुनै छलफल नभएको पनि बताएका हुन् । एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोड्ने वा नछोड्ने भन्ने विषय पनि त्यसैमा निर्भर रहने उनले बताए ।

खनालले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । उनले सो बाटोको बारेमा कुन–कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए ।

Advertisement

‘एमसीसी यथास्थितिमा पास हुँदैन । हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं । सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौं । अव एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्दा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं । पत्रपत्रिका छापिएको कुरा मैले पनि पढेँ । अब कसकसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आइसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौँ ।’, खनालले भने ।