November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

चितवनलाई खेल पर्यटनको हब बनाउने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लालाई खेल पर्यटनको मुख्य जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन्।

प्रचण्डले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनपछि खेल क्षेत्रका लागि आगामी बजेटबाट विभिन्न योजना अघि बढाइने आश्वासन दिएका हुन्। उनले अन्तरराष्ट्रिय स्तरको फुटबल, क्रिकेट र कभर्डहल बनाउन लागिपर्ने बताए। 

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तरराष्ट्रिय रंगशाला अहिले सरकारको जिम्मेवारीमा आएकाले त्यसका लागि पनि थप पहल गर्ने उनको भनाइ छ। 

Advertisement