काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा केहीबेरअघि सुरु भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने छ ।
१७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।