November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

काठमाडौं उपत्यकामा २८७ जना कोरोना संक्रमित भेटिए

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १२१ महिला र १६६ पुरुष गरी २८७  जना कोरोना संक्रमित थपिएका छन्। 

योसँगै उपत्यकामा एक लाख १७ हजार ८७९ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २०२ , ललितपुरमा ७६ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ। 

Advertisement

त्यसैगरी, आज काठमाडौंमा १ जना र ललितपुरमा १ जना गरी २ कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९४ हजार २७१ जना संक्रमित भएका छन्, जसमध्ये ४५३ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ८७४  जना निको भएका छन्।