पान्थर । कुम्मायक गाउपालिका सरोकार मञ्च दक्षिण कोरियाले यासोक बजारका अग्नि पीडितलाई आर्थिक सहयोग गरेका छन् । गत बर्षको माघमा विद्युत सर्ट भइ घरमा आगलागी हुँदा झरेन्द्र खतिवडाको घरसहित पाँच घर परिवारका एक करोड बराबरको धनमाल क्षति भएको थियो ।
सरोकार मञ्च दक्षिण कोरियाले अग्नि पीडित परिवारहरुलाइ १ लाख ४१ हजार ५ सय नगद आर्थिक सहयोग गरेको छ । उक्त पीडित परिवारहरुमा घरधनी झरेन्द्र खतिवडालाई १ लाख २ हजार, याम रम्तेललाई १५ हजार रुपैयाँ यसैगरि मिलन गर्तौलालाई १० हजार साथै सर्मिला लावतीलाई ७ हजार र व्यावसायी टेकबहादुर दर्जीलाई ७ हजार रकम हस्तान्तरण गरिएको छ ।

विदेशी भूमिमा पसिना बगाएर श्रम गरी आफ्नो गाँस कटाएर पीडितहरुलाई सहयोग गरेकोमा कुम्मायक गाउपालिका सरोकार मञ्च समन्वय समितिका संयोजक गणेश चेम्जोङ्ले आभार प्रकट गरेका छन् ।
कार्यक्रममा पाँचथर एफएमका फाउन्डर कबिन्द्र शेर्मा, होसन्ना आर्टका तेजेन्द्र चेम्जोङ र पत्रकार पदम सुखी सम्बाहाम्फेको पनि उपस्थिति रहेको थियो ।