November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राई रहेका छन् ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement