काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका हिदम लामाले ३१५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट उपमेयरमा काँग्रेस उम्मेदवार सञ्जीव श्रेष्ठले ४११ मत ल्याउदा एमालेकी पार्वती रानाले ३१५ मत ल्याएकी छन् ।
मकवानपुरको मनहरी गाउँपालिकामा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ । मनहरी गाउँपालिका वडा नम्बर–१ को ३ सय मतगणना गर्दा गठबन्धनले पालिकामा अग्रता कायम गरेको हो ।
गठबन्धनका नेपाली काँग्रेसले १ सय ४२ मत प्राप्त गरेका छन् भने र नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले ७० मत प्राप्त गरेका छन् । दोस्रोमा नेकपा एमालेबाट अध्यक्षमा ६४ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ५६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एकिकृत समाजवादीबाट अध्यक्ष ४१ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षले ३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षले ३ मत प्राप्त गरेका छन् ।
वडाअध्यक्ष तर्फ नेपाली काँग्रेसले १ सय ४९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । नेकपा एमालेको ६०, नेकपा (एकीकृत समाजवादी) को ५९, मंगोलले ५ र राप्रपाले २ मत प्राप्त गरेका छन् ।