November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु

काठमाडौं । विवाद समाधान भएपछि भरतपुर महानगरपालिकाको मतगणनाका पुनः सुचारु भएको छ । मतगणनाको क्रममा विवाद अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो ।

मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको जनाइएको छ ।

यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध गरिएको थियो ।

Advertisement

करिब १५–२० मिनेट रोकिएपछि अहिले पुनः गणना थालिएको हो ।