November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

फेरि रेनु दाहालको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता लिएकी छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ ।

कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन् ।

Advertisement