काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–२८ को मतगणना सुरु भएको छ । यस एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडामा सुरुवातमा स्थापितले ८७ मत पाएका छन् भने, बालेनले ७३ मत र सिर्जना सिंहले ४७ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्मको मतपरिणाम अनुसार बालेन साह १७ हजार ५५८ मत सहित अग्रस्थानमा छन् भने स्थापितले ९ हजार ५६ मत ल्याएर दोस्रो स्थानमा र नेपाली काँग्रेसकी सिर्जना सिंहले ८ हजार १२८ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल १५ हजार ६७४ मतसहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउदै नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत ल्याउँदा राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।