काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो ।
केही बेरअघि सुरु भएको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।
सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ ।