August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

मूल्य वृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि सिलिण्डर राखेर प्रदर्शन

विराटनगर : इन्धनको मूल्य मनपरी वृद्धि गरिएको भन्दै उपभोक्ताले विराटनगरमा प्रदर्शन गरेका छन्। खाना पकाउने ग्यास तथा इन्धनको मूल्य वृद्धि गरेको भन्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिण्डर राखेर उपभोक्ताले प्रदर्शन गरेका हुन्।

संघीय सरकारले मनलाग्दी मूल्य वृद्धि गर्दा प्रदेश सरकार चुप बसेको आरोप लगाउँदै त्यसैको विरोधमा प्रदर्शनी गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।

उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष माग समेत राखेका छन्।

Advertisement

इन्धनको मूल्य बढेर पेट्रोल प्रतिलिटर १८० रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ।