– शारदा भुजेल
दोहा । प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक उभौली पर्व ‘प्यहुगाल पारिम’ मनाएको छ । समाजका अध्यक्ष युवराज भुजेलको सभापतित्वमा नेपाल जनजाति महासङ्घ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्यमा पर्व मनाएको हो ।
प्यहुगाल पारिम विभिन्न जातिय संस्थाहरुको उपस्थितिमा दीप प्रज्व्लनसहित सूर्य,वायु, जल, जङ्गल, जमीनको विधिवत रुपमा पुजा आराधना गरिएको थियो ।

कार्यक्रममा कतारमा रहेका अन्य विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार एवं कलाकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजका कलाकार साथै कतारका चर्चित स्थानीय नेपाली कलाकारहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
गत शुक्रबार मे २७ को दिन सनैयाको ह्वाइट हाउस रेस्टुरेण्टमा सप्पन्न कार्यक्रमको सन्चालन समाजका महासचिव दुर्गा भुजेलले सञ्चाल गरेका थिए ।
“भुजेल जातिको विकास र उन्नतिको आधार, साँस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ आफ्नो भाषा, धर्म, संस्कृतिलाई प्रवासमा रहेर पनि संरक्षण तथा प्रबर्द्धन गर्न २०१० मा स्थापना भएको समाजले स्थापनाकालदेखि नै यो पर्व मनाउँदै आएको छ ।
