November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन् । अमेरिकी सरकारको निमन्त्रणमा देउवाले असारको अन्तिमतिर भ्रमण गर्ने भएका हुन् ।

दुवैतर्फबाट भ्रमणको तयारी भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । स्रोतका अनुसार ३० देखि ३२ असारसम्म देउवाको भ्रमण हुने छ । देउवाले अमेरिकाको भ्रमणमा विदेशमन्त्री एन्थोनी ब्लिकेनलाई भेट्ने बुझिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग पनि देउवाको भेटवार्ता हुने सक्ने बुझिएको छ ।

यस्तै, देउवाले यसै वर्ष हुने संयुक्तराष्ट्रसंघको महासभामा भाग लिनेछन् । त्यसका लागि पनि उनी अमेरिका जानेछन् । तर, असारमै उनी अमेरिका पुगी महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ ।

Advertisement