November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्कियो

काठमाडौं :  पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएको छ।

१३ नेपाली, ४ भारतीयजना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना  सवार विमान लेतेमा ठोक्किएको हो। 

आइतबार विहान ९ः५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको  पोखरा विमानस्थल स्रोतले जनाएको छ। 

Advertisement

आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। 

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए।