काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन निर्देशन दिएका छन् । प्रचण्डले कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन्।
दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखहरु पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न आज खुमलटा गएका थिए ।
सोही भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिएका हुन् ।
कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले आजै अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् ।