काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी तालमेल र त्यसको परिणामबाट आफूहरू असन्तुष्ट रहेको बताएका छन् ।
स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टी कार्यालयमा आयोजित सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले गठबन्धनका अन्य दलले सम्मानजनक ढंगबाट गठबन्धन नगरेको बताए।
‘त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौँ । हामी आफैँ पनि समीक्षा गर्दछौँ । अहिले समीक्षाको बीचमा छौँ । समीक्षा गरिसकेपछि के-के निस्कर्षमा पुग्छौ, त्यसको आधारमा फेरि अगाडि बढ्छौं ।’ खनालको भनाई थियो ।