November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटीमा अनेरास्ववियूका अध्यक्ष पराजुली

लेखनाथ सिकारु, काठमाण्डौ, जेठ २४ ।


नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी घोषणा गरेको छ । सोमबार भएको भेलाले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३–सदस्यीय विद्यार्थी विशेष जिल्ला कमिटीको बनेको हो ।

विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष पराजुलीसहित सदस्यहरु उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, डा. निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वी. सी., अनु आँकुरा, प्रदप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट , ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवर, प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदीप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाईं, तर्क शाही, मनोज शाही, प्रदीप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेलको नाम प्रस्ताव गरीएको छ ।

Advertisement

नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) र विद्यार्थीहरुलाई संयोजन गर्ने समेतको उदेश्यले बनेको विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम यही जेठ २५ गते पार्टी कार्यालय आलोकनगर तिनकुनेमा पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख अतिथ्यतामा दिनको १ बजे तय गरिएको अध्यक्ष पराजुलीले बताए ।