November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

दूतावास कुवेत र एनआरएनएद्वारा राष्ट्रिय फुटबल टोलीलाई दिवा भोज तथा परिचयात्मक कार्यक्रम

–आकाश शेर्पा यात्री

कुवेत । नेपाली दूतावास र गैरआवासीय नेपाली संघ कुवेतद्वारा एएफसी एसियन कप २०२३ को छनोट खेल खेल्न कुवेत आइपुगेका राष्ट्रिय फुटबल टोतीसँगको दिवा भोज तथा परिचयत्मक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघले आयोजना गरेको दिवा भोज कार्यक्रम संचालन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले गरेका थिए भने स्वागत मन्तव्य गैरआवासीय नेपाली संघका अध्यक्ष रणध्वज लामाले खेलाडी तथा उपस्थित सबैलाई स्वागत गरका थिए ।

Advertisement

यस्तै, नेपाली दूतावास कुवेतका माहमहिम दुर्गाप्रसाद भण्डारीले एएफसी एसियन कप २०२३ को अन्तिम चरणको खेलका लागि कुवेत आएको नेपाली राष्ट्रिय टोलिको सम्मानमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई आफ्नो शीप र क्षमाताको पूर्ण सदुपयोग गर्दै अनुशासित, दृढ मनोवल र आत्मविश्वासका साथ उत्कृष्ट खेलका लागि हौसला र प्रेरणा प्रदान गर्ने खेलाडीलाई शुभकामना दिए ।

दिवा भोज तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय फुटबल समुह तथा अब्दुल्ला अल मुताइरीको उपस्थिति थियो भने कुवेतबाट नेपाली दुताबास परिवार गैरआवासीय नेपाली संघ तथा मिडियाकर्मीको उपस्थिति थियो ।

कार्यक्रमका अन्य तस्वीरहरुः