November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पर्यटनमन्त्री प्रेमबहादुर आलेले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेको र अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने स्रोतले जनाएको छ । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।

आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरु सांसद समेत गरी १० जनाले मन्त्रिपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएकामा हस्ताक्षर गर्नेहरुमध्ये मन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

Advertisement