November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अध्यक्ष नेपालको प्रतिवेदनमा दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध बिद्रोह

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को सोमबारबाट जारी केन्द्रीय परिषद बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठकपछि विभिन्न ११ वटा समूह विभाजन गरेर प्रतिवेदन उपर छलफल भइसकेको छ ।

अध्यक्ष नेपालले प्रतिवेदनमा नेतृत्वमा हुँदा ओलीले गरेका गलत कामको लामो व्याख्या छ । मुख्य त पार्टी र व्यवस्था नै समाप्त पार्न ओलीले एकपछि अर्को गर्दै पार्टी र व्यवस्थामाथि प्रहार गरेको विषयलाई अध्यक्ष नेपालले प्रस्तुत गरेका छन् ।

प्रतिवेदनको ३ नम्बर बुँदा अध्यक्ष नेपालले ‘दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध बिद्रोह’ शीर्षकमा ओली नेतृत्वमा भएका गलत कामको विस्तृत व्याख्या गरेका छन् । सोही बुँदामार्फत नेपालले विद्रोह गर्नुपर्ने कारणसमेत प्रष्ट पारे ।

Advertisement