November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार अजरबैजान गएका छन् । प्रस्थान गरेको छ । असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network) को सम्मेलनमा सहभागी हुने सापकोटा नेतृत्वको टोली विहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

अजरबैजानमा हुने उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्नेछन् ।

Advertisement

सम्मेलनका क्रममा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ ।