November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बामदेवको पार्टीमा सात जना उपाध्यक्ष

काठमाडौं । मंगलबार घोषणा भएको बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । बामदेव गौतम संयोजक रहने गरी सात जना उपाध्यक्ष रहने जनाइएको हो ।

पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव हुनेछन् भने
एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहनेछन् । गौतमका अनुसार दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी हुनेछ ।

यस्तै गौतम संयोजक रहेको सचिवालय निमार्ण गर्ने र त्यसले अरु दलहरुसँग वार्ताका लागि समन्वय गर्ने उक्त पार्टीले जनाएको छ ।

Advertisement