काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय धान दिवस (असार १५)कोे शुभकामना दिएका छन् । सामाजिक संजालमा खेतमा हलो जोतिरहेको तस्वीरहरु सार्वजनिक गर्दै उनले धान दिवसको शुभकामना दिएका हुन् ।
शुभकामनासँगै भट्टराईले अहिलेको युगमा पनि आकाशे पानीमा भर्नुपर्ने स्थितिको अन्त्य हुनेपर्ने बताएका छन् ।
‘अहिलेको युगमा पनि हलगोरू, कुट्टोकोदालो, आकाशे पानीको भर गर्नुपर्ने र मल, बीउ,कीटनासक औषधी, वित्त/बजारको अभाव भोग्नुपर्ने स्थितिको अन्त्य गरौं ! कृषिक्रान्ति पूरा गरौं !’, उनले लेखेका छन् ।