काठमाडौं– पूर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।
मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको उल्लेख गरेकी छन्।
यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएको थियो।