November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

हिमाल आरोही जिरेललाई पार्टीको चुनाव चिन्ह अंकित झण्डा हस्तान्तरण, किर्गिस्तानको लेनिन पिकमा फहराउने

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हिमाल अरोही लालवहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा हस्तान्तरण गरेका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन् ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेको र उक्त हिमालमा नेकपा(एकीकृत समाजवादी) पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने इच्छा ब्यक्त गरेकाले उनलाई झण्डा हस्तान्तरण गरीएको हो ।

अध्यक्ष नेपालले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरे ।

Advertisement