November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

निर्वाचनको मितिबारे आयोगले आज प्रधानमन्त्रीसँग परामर्श गर्दै

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे परामर्श गर्न प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछ। 

प्रमुख आयुक्त थपलियासहितको टोलीले आज दिउँसो प्रधानमन्त्री देउवासँग परामर्श गर्न लागेको आयोग स्रोतले जनाएको छ।

आयोगले मंसिर २ वा ५ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गर्न लागेको जनाइएको छ। आयोगको टोलीले हिजो साँझ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेको थियो। 

Advertisement

निर्वाचन आयोगको टोलीको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनको मिति तोक्ने जनाइएको छ।  सरकारले आयोगको प्रस्तावमा निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान रहेको छ।