November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

यस्ता न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने : विप्लव

काठमाडौं । आफ्ना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक अभिव्यक्ति दिएका छन् ।

बुधबार राजधानीमा आयोजित पार्टी धु्रविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लवले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका हुन् ।

उनले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको बताए । ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो ? यो न्यायाधीश को हो ? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ ।’, उनले भने ।

Advertisement