-शारदा खवास
कोर्क । आयरल्याण्डमा विश्वेश्वरप्रसाद कोइराला सम्झनाको अवसरमा ‘विपी स्मृति पूल प्रतिस्पर्धा’ सम्पन्न भएको छ । सोमबार आयरल्याण्डस्थित कोर्क शहरको ‘द मर्डेक इन्टरटेन्मेण्ट कम्प्लेसको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
आयरल्याण्डमा बस्ने सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध पार्ने र आपसी सद्भावको मैत्रीपूर्ण वातावरण कायम राख्ने उद्देश्यले पूल पर्तिस्पर्धा आयोजना गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति आयरल्याण्डका सभापति अंकित ओलीको सभापतित्व एवं गैर–आवासीय नेपाली संघ यूरोप पूर्व उपसंयोजक तथा नेपाली जनसम्पर्क समिति आयरल्याण्डका सस्थापक सभापति शुक्रराज न्यौपानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अथितिको रुपमा एनआरएनएन एनसीसी आयरल्याण्डका अधक्ष्य विनोद कार्की आतिथ्यता रहेको थियो ।

त्यसैगरी अतिथिमा प्रवासी नेपाली मञ्च आयरल्याण्डका अधक्ष्य बसन्त न्यौपाने, नेपाली जनसम्पर्क समिति आयर
ल्याण्डका पूर्व कार्यवाहक सभापति लक्ष्मी सापकोटा, कोर्क नेपाली समाजका अध्यक्ष्य लोकनाथ त्रिपाठी, कोर्क नेपाली समाजका अध्यक्ष टेक नारायण पौडेल, प्रवासी नेपाली मञ्च आयरल्याण्डका महासचिव रेन्द्र अधिकारीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा मनिष अधिकारि पहिलो स्थान लिन सफल भएका छन् भने, दोस्रो स्थानमा रुपेश महर्जन विजयी बनेका छन् । निकै रोचक रहेको उक्त खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै लगनशील खेलाडि अरुण गुरुङ तेस्रो स्थान हासिल गरेका हुन् ।
कार्यक्रमा विजयी खेलाडीहरुलाई नगत, शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो भने खेलमा सहभागी सबै खेलाडीहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।
नेपाली जनसम्पर्क समिति आयरल्याण्डका महामन्त्री चमन राणाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
