November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

वाईसीएलले सात बुँदे मागसहित बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले विभिन्न विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । वाईसीएलले गभर्नर बर्खास्ती, कोरोनाको जोखिम न्युनिकरण र महँगी नियन्त्रणलगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

आज वाईसीएलको केन्द्रीय कार्यालयको तर्फबाट सात बुँदे ज्ञापनपत्र बुझाउँदै राजनैतिक दलको सदस्यता लिएका तथा शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तुरुन्त बर्खास्त गरी छानबिन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

वाईसीएलको सात बुँदे माग यस्तो रहेको छ:

Advertisement

१. राजनैतिक दलको सदस्यता, जिम्मेवारीमा रहि साथै शैक्षिक योग्यता समेत नपुगेका राष्ट्र बैंकका गभर्नर एम अधिकारी (महाप्रसाद अधिकारी) लाई तुरुन्त बर्खास्त गरी छानबिन गरियोस ।
२. आर्थिक संकट र विदेशी मुद्रा संचिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोकियोस् ।
३. संवैधानिक परिषद सम्बन्धि विधेयक तु फिर्ता लिइयोस् । संविधान माथिको हमला कुनै पनि कोणबाट स्वीकार्य छैन ।
४. सरकारले विपद व्यवस्थापन तथा आकस्मिक उद्धार साथै युवाहरुको क्षमता अभिवृद्धिका अनिवार्य तालिमको व्यवस्था गरोस ।
५. किसानलाई समयमै मल बिउको उपलब्ध गराइयोस् ।
६. विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गरियोस ।
७. सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गरि तुरुन्त नियन्त्रण गरियोस ।