November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गभर्नर अधिकारीविरूद्ध सत्तारूढ विद्यार्थीले गरे आन्दोलन घोषणा

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सत्तारूढ गठबन्धनमा रहेका दलका तीन भ्रातृ विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्।

एम अधिकारीको नाममा गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागमा बसेको आरोप लगाउँदै उनीहरूले राजीनामा माग गरेका छन्।

उनीहरूले साउन ३ मा प्रधानमन्त्री र सभामुखलाई गभर्नर बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र बुझाउने बताएका छन्।

Advertisement

साउन ४ मा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयमा कालो ब्यानर राख्ने उनीहरूको कार्यक्रम छ।

साउन ५ मा प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन, साउन ६ मा क्याम्पसहरूमा विरोध प्रदर्शन र साउन ७ मा गभर्नर बर्खास्तीका लागि सांसदलाई दबाब दिन सडकबाट सन्देश पठाउने कार्यक्रम तय भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।