November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादी स्कुल विभागद्वारा सञ्चालित एकहप्ते प्रशिक्षण समापन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी स्कुल विभागले सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन भएको छ ।
पार्टी अन्तर्गतको स्कुल विभागले युवा विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको पार्टी स्कुलको पहिलो नियमित कक्षा आज सकिएको हो ।

प्रशिक्षणको अवसरमा बोल्दै प्रमुख अतिथि तथा पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू पुष्पलाल कालिन कम्युनिष्ट पार्टीको उत्तराधिकारी पार्टी भएको भन्दै जनता र समयको माग र चाहना अनुरूप अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनतालाई देशभक्तिको भावना जागृत गर्दै आधारभूत आवश्यकता र जनसरोकारका सवालमा वकालत गर्नुपर्ने बताए । उनले कार्यकर्ताहरुलाई उत्पादनसँग जोडिन आव्हान गर्दै पार्टी निर्माण संगठन निर्माण र चुनावी तयारीमा लाग्न आव्हान गरे ।

बिहीबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाल,सम्मानित नेता झलनाथ खनाल,उपाध्यक्ष तथा संगठन विभाग प्रमुख प्रमेश हमाल ,महासचिव डा.बेदुराम भुसाल ,उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा,डा खगेन्द्र प्रसाई, पार्टी स्कुल विभागका सचिव तथा पार्टीका केन्द्रीय सदस्य अशेष घिमिरेले सहजिकरण गरेका थिए ।

Advertisement

पार्टी स्कुल विभागको पहिलो चरणको नियमित कक्षा युवा तथा विद्यार्थीहरूको ६० जनाको समुहलाई सञ्चालन गरिएको स्कुल विभागका सचिव तथा केन्द्रीय सदस्य अशेष घिमिरेले बताए ।

पार्टी स्कुलले सबै जनसंगठन र उपत्यकामा क्रियाशील कमिटीका लागि अब क्रमशः विभिन्न विषयमा प्रशिक्षण चलाउने कार्ययोजना रहेको । विभागले आगामी श्रावण ४ र ५ गते काठमाण्डौमा निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने समेत कार्ययोजना तय भएको छ ।