काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले “विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति” विषयक जन बहस कार्यक्रमको आयोजना गर्दै छ ।
जनबहसमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौला,चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के, डा.खगेन्द्र प्रसाई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए । .
असम्लग्नता र राष्ट्रियतामाथि देखिएको गम्भिर चुनौतीलाई मध्यनजर गर्दै जनबहस कार्यक्रमको आयोजना गर्न लागिएको खतिवडाले प्रस्ट पारेका छन् ।
कार्यक्रम दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा आयोजना हुनेछ ।