November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

हज कमिटी मुस्लिम आयोग अन्तर्गत चल्नुपर्छ सांसद खातुन

काठमाडौ, प्रतिनिधिसभा सदस्य कलिला खातुनले हज कमिटी मुस्लिम आयोग अन्तर्गत चल्नुपर्ने बताएका छन् । सोमबार महिला तथा सामाजिक समिति अन्तर्गत मधेसी आयोगको समस्याका विषयमा छलफल कार्यक्रममा बोल्दै संसद् खातुनले हजका नाममा भ्रष्टाचार गर्ने समितिलाई गृहमन्त्रालयले नै साथ दिएको आरोप समेत लगाए । भ्रष्टाचारको विषयमा पटक–पटक गृहमन्त्री बालकृष्ण खाँणसँग कुरा राख्दा समेत बेवास्ता गरेको समेत आरोप लगाए ।

‘गृहमन्त्रीसँग भन्दा–भन्दा लाजै लागिसक्यो । तर उहाँले कुनै एक्सन अगाडि बढाउनुभएन ।’ मुस्लिम समुदायमा मर्नुभन्दा अगाडि एकपटक हज जानुपर्छ भन्ने परम्परा छ । आफ्नो धर्म जोगाउन मानिसहरु जग्गा जमिन बेचेर जाने निर्णय गर्छन् । समितिले धर्मकै आडमा भ्रष्टाचार गरेको उनकाे आरोप थियो ।
हज समितिका अध्यक्ष शमशेर मिया भागेर हिँड्ने गरेको बताउँदै उनले अध्यक्षका कारण हाजीहरुले धेरै दुःख पाएको गुनासो गर्दै मुस्लिम आयोगमा तीन जना सदस्यमध्ये एकजना महिला सदस्य ल्याउन आवश्यक रहेको पनि बताए । कमिटीमा कर्मचारीदेखि अध्यक्ष समेतले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

Advertisement