पोखरा । नेकपा एमाले कास्कीका नेता तोरणबहादुर केसीसहित ९७ जना नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा एमाले, काँग्रेसलगायत पार्टी छाडेर ९७ जना नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले अवीर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार पोखरा सभागृहमा भएको कार्यक्रममा आयोजित ‘पुष्पलालको योगदान, वर्तमान नेपालको राजनीतिक अवस्था र समाजवादी कार्यदिशा’ विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष नेपालले केसीलाई पार्टीमा स्वागत गरेका हुन् ।