धनुषा । समाजवादी प्रेस संगठन धनुषा गठन भएको छ । धनुषामा भएको समाजवादी प्रेस संगठनसँग आवद्द पत्रकारहरूको भेलाले अकुल प्रसाद साहको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा दिलिप दास सचिवमा भोला यादव कोषाध्यक्षमा दिनेश साह र सहसचिवमा विवेककुमार मण्डल रहेका छन् । समितिको सदस्यहरूमा जितेन्द्रकुमार पाल, सन्नी भगत लगायत रहेका छन् ।
यस्तै, प्रदेश प्रतिनिधिमा प्रभाष कर्ण, नविन साह, एस मुखिया, संजय कुमार राय, भोगेन्द्र यादव, श्याम यादव, बिमलेश ठाकुर, नरेश ठाकुर, सिमा यादव र बिरेन्द्र ठाकुर चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा हरि पौडेल, सञ्जय पौडेल, चन्दा कुमारी साह, उमेश चन्द्र झा, जय कुवर रहेका छन् ।