November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जापानका सत्तारुढ दलका वरिष्ठ नेतासँग प्रचण्डको भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जापानका सत्तारुढ दलका वरिष्ठ नेतासँग भेटघाट गरेका छन् । पाँच दिनको जापान भ्रमणमा रहेका नेता दाहालले मंगलबार राजधानी टोकियोमा लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उधोगमन्त्री तोसिहिरो निक्कइसँग भेट गरेका हुन् ।

दाहालले राजधानी टोकियोमा जापानी नेता निक्कइसँग भेटवार्ता गरेका हुन् । भेटको क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल भएको थियो ।

भेटवार्ताबारे नेता दाहालको आधिकारिक फेसबुक पेजबाट पनि सूचना सार्वजनिक गरिएको छ । यस्तै नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको दाहालको फेसबुक पेजमा जारी सूचनामा भनिएको छ ।

Advertisement

जापानमा रहँदै आएका नेपाली समुदायको निमन्त्रणामा जापान पुगेका नेता दाहालले अधिकांश समय नेपाली समुदायसँग विताएका छन् । यसअघि उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका थिए ।