September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

मेयर साम्पाङको अभियानमा हजारौँले गरे वृक्षारोपण, माओवादी नेता पनि विरुवा बोकेर पुगे

धरान । धरानका मेयर हर्क साम्पाङले सञ्चालन गरेको साप्ताहिक बृक्षरोपण अभियानमा हजारौँले वृक्षारोपण गरेका छन् । शनिबार धरानको सर्दु, खर्दु र निशाने खोला क्षेत्रमा हजारौँले वृक्षारोपण गरेका हुन् ।

हजारौंको सहभागिता रहेको कार्यक्रममा बीपी पार्कदेखि उत्तर तिरको सबै क्षेत्रमा बृहत् वृक्षारोपण भएको छ । मेयर साम्पाङको अभियानमा साथ दिन आज धरानका जनताहरु मात्र नभइ भोजपुर, ताप्लेजुङ, वीरगन्ज, झापा, इटहरी लगायतका मानिसहरूले बिरुवा लिएर वृक्षारोपणमा उपस्थित भएका थिए ।

मेयर साम्पाङको अभियानमा हरेक हप्ता सहभागिता बढ्दै गइरहेको छ । उक्त अभियानमा नेकपा माओवादीका नेता मुक्सामहाङ मेन्याङबोले पनि आज सहभागिता जनाएका छन् ।

Advertisement

आफै बिरुवा बोकेर बृक्षरोपण भइरहेको क्षेत्रमा पुगेका नेता मेन्याङ्बोले मेयरको यो अभियानमा आम धरानवासीले साथ सहयोग गर्नुपर्ने र सहभागी हुनुपर्ने बताए । उनले मेयर साम्पाङको अभियान प्रति प्रतिबद्धता पनि जाहेर गरे । आफू भ्याए सम्म मेयरसावको अभियानमा सहभागी हुने र नभ्याएको खण्डमा मात्रै सहभागी हुन नसकेको बताए ।