November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

दलीय गठबन्धनको टुङ्गो भदौ भित्रै लगाउनुपर्छः झलनाथ खनाल

झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ महिनाभित्रै दलीय गठबन्धनको टुङ्गो लगाइसक्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले स्थानीय तहको निर्वाचनका लागि दलीय गठबन्धनको समयमा टुङ्गो नलाग्दा समस्या देखिएकाले बेलैमा टुङ्गो लगाउनुपर्ने बताए ।

नेता खनालले २०६२÷०६३ को क्रान्तिका बाहक शक्तिहरू भएकाले अहिलेको पाँच दलीय गठबन्धन कायमै रहने तर पाँच दलीय गठबन्धनमा अन्य पार्टी समावेशको लागि बाटो खुल्ला रहेको समेत स्पष्ट पारे । उनले आगामी मंसिर ४ गते हुने निर्वाचन देश र आफ्नो भविष्य बनाउने सुन्दर अवसर भएको समेत बताए ।
देश निर्माणको लागि संविधानले परिलक्षित गरेको मूल मन्त्रलाई स्वास्थ्य जनमत तयार गरेर निर्वाचनमा जुट्नुपर्ने नेता खनालको भनाइ छ । अबको निर्वाचनमा पार्टीसँगै सही उम्मेदवारको छनोट मतदाताले गर्नुपर्नेमा उनको जोड थियो ।

Advertisement